FAQs Complain Problems

बेनी नगरपालिकाको आ.व. २०७१/७२ को अन्तिम लेखापरीक्षण सम्बन्धी सूचना

बेनी  नगरपालिकाको आ.व. २०७१/७२ को अन्तिम लेखापरीक्षण सम्बन्धी सूचना

यस नगरपालिका कार्यालयको आर्थिक वर्ष २०७१/०७२ को अन्तिम लेखापरीक्षण गर्न रजिष्टर्ड लेखापरीक्षक ( घ वर्ग बाहेक अन्य बर्ग ) को छनौट गर्नुपर्ने भएकोले ईच्छुक तपशिल बमोजिम योग्यता पुगेका रजिष्टर्ड लेखापरीक्षकले फर्म दर्ताको लागि यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तपशिल बमोजिम रीत पु¥याई दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।

आवश्यक कागजातहरु ः
क) नेपाल चाटर्ड एकाउन्टेन्ट संस्थाको  पेशागत प्रमाणपत्रको प्रतिलिपि  आ.व. ०७२÷०७३ सम्मको लागि नवीकरण भएको कागजपत्र ।
ख) स्थायी लेखा नम्बर दर्ता र  कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि ।
ग) बहालवाला कर्मचारीको हकमा विभागीय स्वीकृतिको प्रतिलिपि ।
घ) रीत नपुगेको एवं म्याद नाघी प्राप्त हुन आएको दरखास्त उपर कुनै कारवाही हुने छैन ।
ङ) स्थानीय निकायको लेखापरीक्षणको अनुभव भए सो समेत पेश गर्नुपर्नेछ ।
च) थप जानकारीका लागि बेनी नगरपालिकाको कार्यालय म्याग्दीमा सम्पर्क राख्नुहुन जानकारी गराईन्छ ।