FAQs Complain Problems

बेनी नगरपालिकाको आर्थिक वर्ष २०७३-७४ को बजेट नीति तथा कार्यक्रमको सार्वजनिक गर्ने वारेको सूचना ।

बेनी नगरपालिकाको तेश्रो नगरपरिषद्बाट पारित आर्थिक वर्ष २०७३-७४ को बजेट नीति तथा कार्यक्रमहरूको सार्वजनिकीकरण कार्यक्रम तपसिलको मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण राजनीतिक दलका प्रमुखहरू वडा नागरिक मञ्चका सदस्यहरू टोल सुधार समितिका सदस्यहरु नगरपालिका सर्वदलीय सल्लाहाकार समितिका सदस्यहरू एकीकृत योजना तर्जूमा समितिका सदस्यहरू विभिन्न विषयगत कार्यालयका प्रमुखहरू पत्रकार जगत साथै विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थालाई पत्राचार गरी सकिएको छ । पत्र प्राप्त नभएको भए यसै सूचना साथ उपस्थितिका लागि सादर अनुरोध छ ।
तपसिलः
मितिः २०७२ साल पौष महीनाको २६ गते आइतबार
समयः विहान ठीक ११०० बजे
स्थानः जिल्ला विकास समितिको सभा हल म्याग्दी

कार्यकारी अधिकृत
बेनी नगरपालिका कार्यालय
बेनी म्याग्दी